बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतका अवकासप्राप्त जनरल बक्शीको नेतृत्वमा ‘हिन्दु चेतना टिम’

नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतका अवकासप्राप्त जनरल बक्शीको नेतृत्वमा ‘हिन्दु चेतना टिम’

भारतका अवकासप्राप्त मेजर जनरल जीडी बक्शीको नेतृत्वमा गठन भएको ‘हिन्दु चेतना कोर टिम’ ले नेपालमा हिन्दु राष्ट्र निर्माणमा सघाउने घोषणा गरेको छ । बक्शीले ट्विट गर्दै सो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हिन्दु चेतना कोर टिमको मुख्य काम भाष्य निर्माण हुनेछ । यो वर्ष हामी नेताजी (सुवाषचन्द्र बोस) को एक सय २५ औं जयन्ती मनाउने र ‘इन्डिक-इथनिक’ समुदायलाई आफ्नो सभ्यता माथि हुने आन्तरिक र बाह्य खतराबाट बचाउन सैनिकिकरण गर्ने काममा केन्द्रित हुनेछौं । साथै नेपालमा हिन्दु राष्ट्र निमार्णमा हाम्रो साथ रहनेछ ।’ जीडी बक्शीले नेपाल–भारत सम्बन्धमा विभिन्न संचार माध्यममार्फत् आफ्नो भनाई राख्दै आएका छन् ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend