
काठमाडौं, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको चोरी शिकारी नियन्त्रण इकाईले निकुञ्जको बनक्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
निकुञ्जको निगालगैरा भन्ने वनक्षेत्रमा निगरानी गर्ने क्रममा १ थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासु) तथा बन्दोबस्तीका सामानहरु सहित गत पुस २७ गते इकाईले पक्राउ गरी हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाएको छ।
निजबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने गोलीहरु १९ थान, बारुद १ बट्टा, केप १ थान, प्लायर्ज र रेति १-१ थान, टर्च लाईट १ थान, स्लिपिङ ब्याग १ थान, झोला १ थान, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा १ थान बरामद गरेको छ।
निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, ईन्सास राफलका गोलीहरु पनि बरामद गरिसकेको छ। अत्याधिक चिसो, अति दुर्गम र कठिन भौगोलिक विकटताको बावजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend