माघ १ घुलिखेल – धुलिखेलका प्राचीन शहरलाई पुर्नजीवन प्रदान गरिने भएको छ ।
प्राचीन शहरको महत्वलाई र त्यसको सौन्दर्यतालाई संरक्षण र सम्बद्र्धन गर्ने उदेश्य सहित नेपाल नगरपालिका संघ, पुनर्निर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरुलाइ पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न तथा पुराना सम्पदाको गरिमालाई बचाई राख्न सबै पक्षको उत्तिक्कै सहभागिता रहेको निश्कर्ष सहित धुलिखेलका प्राचीन शहरलाई पुर्नजीवन प्रदान गरिने भएको हो ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालका प्राचिन शहरहरु भुकम्प तथा अन्य विपती र विविध कारणबाट नष्ट हुँदै गएकाले त्यस्ता शहरहरुको गुरुयोजना निर्माण गरी पुर्नजीवन दिनु पर्ने बताउनु भयो । नेपालका सबै प्राचिन शहरहरुको पुर्ननिर्माण गर्न राष्ट्रिय विपद ब्यवस्थापन केन्द्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगर विकास कोष, नेपाल नगरपालिका संघ, संरक्षण नेपाल र सरोकारवाला निकायहरु सक्रिय हुने बताईएको छ ।
कार्यक्रममा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले ग्रामिण भेगमा भन्दा शहरी भेगमा पुनर्निर्माणको कार्य कठिन भएको बताउनु भयो । प्राचिन शहरहरुमा गरिने पुनर्निमार्ण पुरानै शैलीमा गर्नु पर्ने भएकाले दक्ष जनशक्तिको अभाव, बजेट तथा स्थानीयहरुको चासो भएकाले सहज हुन कठिन हुने बताउनु भयो ।

स्थानीय सरकारहरुले चासो दिँदा पुनर्निर्माणले गति लिने भएकाले साझेदारीमा गर्ने गरी गुरुयोजना निर्माण, डिजाईन तथा इस्टमेट र नक्सा पासमा सहुलियत आवश्यक रहेको बताउनु भयो । स्थानीयहरुको चासो र सक्रियता हुँदा मात्रै पुनर्निर्माण सम्भव हुने ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा नगर विकास कोषका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले नगर क्षेत्र भित्रको शहरहरुको निर्माण र पुनर्निमाणमा स्थानीय सरकारहरुसँग समन्वय गर्न तयार रहेको बताउनु भयो । नेपाल नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधि देवकोटाले सबै निकायसँग समन्वय गरी शहर निर्माण र प्राचिन शहरको संरक्षण गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मा, वडा अध्यक्ष रोमी ब्याञ्जु, रोटरी अध्यक्ष शुशिल ब्याञ्जु, समाजसेवी दिर्घसिं बरुण, पुर्व वडा अध्यक्ष पूर्णबहादुर कर्माचार्य लगायतले पुराना बस्तिहरुको संरक्षण र पुनर्निमाण गर्नु पर्ने बताउनु भयो । धुलिखेल बजार, श्रीखण्डपुर र शंखुको इट्टे बजारको पुनर्निर्माणको लागि आवश्यक तयारी शुरु गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
धुलिखेल संग संगै नेपालका प्राचिन शहरलाई पुर्नजीवन प्रदान गरिने छ । भुकम्पले क्षति गरेका शहरहरु मात्रै नभई विभिन्न कारणले क्षयिकरण भएका प्राचिन शहरहरुको गुरु योजना निर्माण गरी पुर्नजीवन दिने विषयमा सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend