बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

एकसाथ दुइटा मौसमी प्रणालीको प्रभाव, घाम नलाग्ने सम्भावना

एकसाथ दुइटा मौसमी प्रणालीको प्रभाव, घाम नलाग्ने सम्भावना

काठमाडाैं । नेपालमा एकसाथ दुई स्थानका मौसमी प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा दक्षिण-पूर्वी अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको हो ।

यसले खासगरी दिनभर मौसम बदली गराउने भएकाले घाम नलाग्ने सम्भावना रहेकाे माैसमविद्ले बताएका छन् । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र प्रदेश नं १ केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

माघ ३ गते (शनिबार) 

दिउँसो :  प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।  

माघ ४ गते(आइतबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend