बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा, रियल मड्रिड पराजित 

एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा, रियल मड्रिड पराजित 

काठमाडाैं । एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा बिल्बाओले रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हो ।

बिल्बाओले रियललाई २-१ गाेलले पराजित गरेकाे हाे । बिल्बाओको जितमा दुवै गोल राउल गार्सियाले गरेका हुन् । उनले खेलको १८ मिनेटमा पहिलो गोल गरी अग्रतन दिलाएका थिए । 

खेलको ३८ मिनेटमा बिल्बाओले पेनाल्टी पायो पेनाल्टीमा गार्सियाले गोल गरी बिल्बाओलाई २-० ले अघि बढाए । 

७३ मिनेटमा करिम बेन्जिमाले रियलका लागि एक गाेल गरे । त्यसपछि दुवै टिमबाट गाेल हुन सकेन । अब उपाधिका लागि बिल्बाओ र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend