२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

'पर्यटनसँग जोडिएका जोखिमलाई कम गर्नुपर्छ'

शुक्रवार , पौष २६, २०८१

पोखरा । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पर्यटनबाट पाउने फाइदालाई बढाउनु पर्ने र योसँग जोडिएका जोखिमलाई कम गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु रहेको बताउँदै पर्यटक ल्याउने भन्ने कुरामा विदेशी पर्यटकमा मात्रै ध्यान केन्द्रित रहेको र आन्तरिक पर्यटकलाई महत्व नदिएको बताए ।

सुनौलो नेपालद्वारा आयोजित प्यानल डिस्कसन कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ अन्तर्गत ‘गण्डकी र राष्ट्रिय पर्यटन’ शीर्षकमा बोल्दै पूर्व उपाध्यक्ष श्रेष्ठले पर्यटकको नम्बर मात्र बढाउने भन्दा पनि हामीले दिने गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताए । पर्यटन क्षेत्रमा सरकार र निजी क्षेत्रले गरेको लगानीबीच तालमेल नमिलेको र त्यसको पूरा लाभ लिन नसकेको पनि उनले बताए ।

उनले भने, ‘अहिले सरकारले सरकारले लगानी गरेको देखिन्छ, निजी क्षेत्रले लगानी गरेको देखिन्छ तर त्यसको तालमेल नमिलेको र त्यसको पूरा लाभ लिन नसकेको अवस्था छ । यी विषयहरुलाई अगाडि बढायौँ भने पर्यटन गुणस्तरीय पनि हुन्छ र आर्थिक, सामाजिक रुपान्तरणमा अपेक्षा गरेजस्तै सहयोग गर्न सक्छ ।’

पोखराको माउन्ट कैलाश रिसोर्टमा जारी कार्यक्रममा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललगायतले आफ्नो भनाई राखिसकेका छन् ।

कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट