शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ: मन्त्री ढकाल 

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ: मन्त्री ढकाल 

पोखरा। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन्। 

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए । “धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरेजस्तो भएको छ, अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ”, उनले भने,  “रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि  धेरै कुरा उठेका छन्, रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो फुकाउने कोसिस गर्नेछु ।” 

उनले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ, ठूला–ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।” उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए । छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समयभित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend