२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सरकारले उद्योगीहरुका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्छ : मन्त्री थापा

शुक्रवार , पौष २६, २०८१

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकारले उद्योगी व्यवसायीहरुका लागि अनुकूल वातावरण निर्माण गरिदिनु पर्ने बताएका छन् ।

सरकारले सुशासन दिने, समृद्धिका ढोका खोल्ने र लगानी मैत्री कानूनको निर्माण गरेर उद्योगीहरुलाई ब्यवसाय गर्न छोडिदिनुपर्ने उनले बताए । पोखरामा पर्यटनको अथाह सम्भावनाको क्षेत्र रहेकाले ती सम्भावनाहरुलाई खोजी गरेर अगाडि बढ्नुपर्ने मन्त्री थापाले बताए ।

सुनौलो नेपालद्वारा आयोजित प्यानल डिस्कसन कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ अन्तर्गत ‘पोखरामा पर्यटनका थप सम्भावना सेसनमा बोल्दै मन्त्री थापाले भने, ‘स्वदेशी तथा विदेशी पर्यटकहरुलाई थप आकर्षणहरु हामीले दिन सक्नुपर्यो ताकि उनीहरुको बसाईको समय लम्बियोस् ।’ उनले निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्ने र चुनौती झेल्ने आँटलाई प्रशंसा गर्नुपर्ने पनि बताए ।

पोखराको माउन्ट कैलाश रिसोर्टमा सम्पन्न कार्यक्रममा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले सहभागीता जनाएका थिए ।

कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक र रारा चाउचाउ रहेका छन् । स्फटी हाइजिन, आइएसएमटी कलेज, ओम मेगाश्री फर्मास्युटिकल्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहयोगी रहेका छन् । कार्यक्रम सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरापालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

रेष्टुरेन्ट पाटर्नरमा अलेब कबाब, एयरलाइन्स पाटर्नरमा यती र बुद्ध एयर, ट्राभल पाटर्नर एमडी एड्भेन्चर ट्राभल एण्ड टुरिजम, एजुकेसन पाटर्नर काठमाडौँ मेडिकल कलेज र ग्राफिक्स पाटर्नर क्रियटिभ आईडियाज रहेका छन् ।

कार्यक्रम सुनौलो नेपालको आधिकारिक युट्युब च्यानल सुनौलो नेपाल टिभी, न्युज २४ टेलिभिजन र पब्लिक फोरके टेलिभिजनबाट एकसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट