शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

गायक नवराज कलौनीको ‘चर्चा चल्दिरा’ सार्वजनिक (भिडियो)

गायक नवराज कलौनीको ‘चर्चा चल्दिरा’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर । गायक नवराज कलौनीको ‘चर्चा चल्दिरा’ गीत सार्वजनिक भएको छ ।

विहिबार नवराज कलौनी युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ ।

गीतमा नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित गाएक नवराज कलौनी र नवगायिका एलिना चौहानले  स्वर दिएका छन् ।  

गायक कलौनीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, स्माइरिका ढकाल,समारिका ढकाल र स्वापनिल गुप्ता रहेका छन् ।त्यस्तै छायाङकन बिक्रम चौहान र एरेन्ज ओम सुनारले गरेका छन् ।

यसअघि गायक कलौनीका जौ पात,बेहुलो सिपाई,चक्करी,बनारसको साडी लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन् ।

गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ लगायतका गीतहरुमा  स्वर भरिसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend