
काठमाडौं। औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ ।
योसंगै नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुलेको छ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको सेरम इन्सिटिट्युटले भारतमा उत्पादन गरिरहेको छ। भारतमा भने यो खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend