काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको बहस संवैधानिक इजलासमा जारी रहेका बेला राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको फाइल नभेटिएपछि चर्काचर्कीको अवस्था सृजना भएको छ।
शुक्रबार जारी बहसमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको सक्कल फाइल माग गरेपछि उक्त फाइल सर्वोच्चमा नरहेको खुल्न आएको हो।
प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले उक्त फाइल २८ गते फिर्ता गर्ने गरि दिइएको स्वीकार गरेपनि अधिवक्ता श्रेष्ठले लगातार फाइल हेर्न पाउनुपर्ने माग गरेपछि संवैधानिक इजलासको बहस तनावपूर्ण स्थितिमा पुगेको थियो।
बहसमा चर्काचर्की भएपछी केहिबेर प्रत्यक्ष प्रशारणको अडियोसमेत काटिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend