काठमाडाैं । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने भएको हो ।
प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला संघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जानेछ ।
उक्त फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका सम्पूर्ण क्षेत्रमा केही घन्टा बत्ती नआउने भएको प्राधिकरणले जनाएकाे छ ।
पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि केही घन्टा बत्ति जाने भएको छ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा बत्ती जानेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend