शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । 

उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भू–भागमा हुस्सु तथा तुवाँलो लाग्ने बताइएको छ । हाल देशको प्रदेश नं १ का पहाडी भू–भागमा सामान्य तथा आंशिक बदली रहेको छ । साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री र अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री रहेको छ ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend