काठमाडौं। शहरी विकासमन्त्री तथा ओली पक्षीय नेकपाका नेता प्रभु साहले प्रचण्डमुक्त कम्युनिष्ट पार्टी बनाउन जरुरी भएको बताएका छन्। शनिबार काठमाडौँमा प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै साहले यस्तो बताएका हुन्।
प्रचण्ड पदका लागि जे पनि गर्नुहुन्छ, साहले भने ‘पदका लागि माओवाद बेच्नुभो, अब बचेको कम्युनिष्ट आन्दोलनलाई पनि सिध्याउनेतर्फ लाग्दै हुनुहुछ, यदि कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने प्रचण्डमुक्त कम्युनिष्ट बनाउनुपर्छ, नेपाललाई विकास गर्ने हो भने प्रचण्डमुक्त नेपाल बनाउनुपर्छ।’
नेता साहले विगत ३० वर्षभन्दा बढी समयदेखि पार्टी अध्यक्ष रहेका प्रचण्डका यस्तै गतिविधिका कारण माओवादी आन्दोलन समाप्त भएको पनि आरोप लगाए । प्रचण्डले झुट बाेले, केपी ओली अहिले पनि सत्यकाे पछाडि रहेकाे पनि उनकाे दाबी छ ।
साहले ‘प्रचण्ड’ले पहिचानसहितको संघीयताको कुरा गरे पनि धोका माात्रै दिएको बताए । ‘जनयुद्धका बेलादेखि अहिलेसम्म प्रचण्डले फरक बोले’ उनले भने, ‘मधेशी जनता सत्य र अग्रगनको पक्षमा लागेका छन् । उनीहरुलाई थाहा छ, झुट बोल्ने को हुन् ?’
तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत दाबीसमेत उनले गरे । साहले भने, ‘तराईका ३२ वटा सीटमध्ये २० वटा आएन भने मलाई सोध्नुहोला ।’
प्रचण्डले कम्युनिष्ट आन्दोलन सखाप पारेको र अलिअलि बचेको आन्दोलनलाई बचाउन आफू केपी ओलीको पक्षमा लागेको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend