
जो कोहिलाई पनि आफ्नो छाला चम्किलो र आकर्षक होस् भन्ने चाहना हुन्छ। यसका लागि दैनिक रुपमा नीमको प्रयोग गर्नले छालामा देखिने अनेकौं समस्याको समाधान गर्ने देखिन्छ। नीमको पत्तालाइ पिसेर पेस्ट बनाई लगाएर १०-१५ मि पश्चात पखाल्नाले छालालाई अधिक फाइदा मिल्ने गर्छ।
नीमको पात अनेक किसिमका रोगका उपचारका लागि समेत प्रयोग गरिन्छ। नीम स्वास्थ्यका लागि निकै नै प्रभावकारी र अनेक बिशेषता भएको हर्बल हो। यसलाइ आयुर्वेदिक उपचारको लागि सयौं बर्ष अघि देखि प्रयोग गरिदै आइएको छ। यो बृहत रुपमा छालाको उपचारको लागि निकै प्रभावकारी छ। यसमा रहेको एन्टी ब्याक्टेरिया , एन्टी फंगल , एन्टीसेप्टिक गुणले गर्दा छालामा हुने संक्रमणबाट बचाउन मदत गर्छ ।
डन्डीफोरका लागि नीम
अनुहारमा देखिने डन्डीफोरले हरेक मनिषलाई तनाब बनाउछ। यदी नीमको पातलाई पिसेर सुत्नु भन्दा आगाडी दैनिक करिब एक हप्ता सम्मको प्रयोगले डन्डीफोरको समस्या बाट मुक्त पाउन सक्नुहुन्छ।
ऒएली स्किनको लागी नीम
नीममा छाला संग सम्बन्धित देखिने अनेक समस्याको समाधान गर्ने बिशेष गुण हुन्छ यदी अनुहार ऒएलि भएर चिन्तित हुनुहुन्छ भने नीम को पातलाई पेस्ट बनाएर दैनिक रुपमा प्रयोग गर्ने गर्नुहोस जसले अनुहारमा हुने बिविध प्रकारका समस्याका बाट सजिलै मुक्ति पाउन सकिन्छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend