बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

भिडियाेबारे नेम्वाङकाे प्रतिक्रिया, ‘भनेकाे हाे, तर अहिले कुरा अर्कै छ’

भिडियाेबारे नेम्वाङकाे प्रतिक्रिया, ‘भनेकाे हाे, तर अहिले कुरा अर्कै छ’

काठमाडाैं । ओली समूहका नेकपा स्थायी समिति सदस्य तथा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले आफूले २०७४ सालमा दिएको अभिव्यक्ति र अहिलेको अवस्था फरक भएको बताएका छन् ।

नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्बाङले भने त्यतिबेला दिएकाे अभिव्यक्ति स्मरण गर्दै भने,‘मैले बोलेको भाइरल बनाउनु भएछ ।, साथीहरूले यसको बारेमा चासो राखेर मलाई नै सोधेको भए मै भन्दिन्थेँ’, उनले भने, ‘२०७४ सालमा संसदीय मामला पत्रकार समाजको कार्यक्रममा मैले संविधान बारेमा बोलेका कुराहरू त्यहाँ छन् । मैले बोलेका कुरा त्यहाँ राखिएका छन् । तर अहिले कुरा अर्को छ ।’

उनले यसबारेमा थप कुरा नगर्ने प्रतिक्रिया दिए । 

उनले प्रशिक्षणका क्रममा पत्रकारहरूसमक्ष बाेलेकाे भिडियाे केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । त्यतिबेला प्रधानमन्त्रीले ‘संसद विघटन गर्न सक्दैन’ भनेका थिए ।

याे पनि पढ्नुहाेस् । 

सुवास नेम्वाङले भनेका थिए, ‘प्रधानमन्त्रीलाई सनक चढ्दैमा संसद विघटन गर्न मिल्दैन’

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend