शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

 रु ७०० ले ओरालो लाग्यो सुनको मूल्य

 रु ७०० ले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं माघ ४ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ । 

रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ । 
यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend