शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

निर्वाचन आयोगले सुरु गर्‍याे दलहरुसँग छलफल

निर्वाचन आयोगले सुरु गर्‍याे दलहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि तीन तहमा प्रतिनिधित्व गर्ने सबै दललाई आयोगको कार्यालयमा बोलाएको छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाइएको हाे ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेर वैशाखमा निर्वाचन तय गरेका थिए । तर यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend