बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

बिग बाेसकी ट्यालेन्ट म्यानेजरले सडक दुर्घटनामा गुमाइन् ज्यान 

बिग बाेसकी ट्यालेन्ट म्यानेजरले सडक दुर्घटनामा गुमाइन् ज्यान 

बिग बाेस सिजन  १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको  सडक दुर्घटनामा परि  मृत्यु भएको छ । उनले  बिग बाेसमा मुख्य असिस्टेन्ट कोओर्डिनेटरको रुपमा काम गरिरहेकी थिइन् । उनको  शुक्रबार राती फिल्म सिटीमा दुर्घटना भएको थियो जसका कारण उनको ज्यान गएको छ ।

उनी आफ्नो दुई पाङ्ग्रे सवारी साधनमा सवार गरिरहँदा लडेको र  उनीमाथि भ्यानिटी भ्यान चढेको बताइएको छ । एक स्रोतका जानकारी अनुसार अँध्यारोका कारण दुर्घटना भएको बताएको छ ।

कलर्स प्रोग्रामिङ टीमकी सदस्य  समेत रहेकी पिस्ता यस क्षेत्रामा  निकै लामो समयदेखि सक्रिय थिइन् र टिभी कम्पनी एन्डेमोल शाइन इन्डियासँग जोडिएकी थिइन् । उनले फियर फ्याक्टर खतरोंका खिलाडी र द भोइसका लागि पनि काम गरिसकेकी थिइन् ।  

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend