बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

ओलीलाई प्रचण्डकाे प्रश्न : अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै किन हिँड्नुहुन्छ ?

ओलीलाई प्रचण्डकाे प्रश्न : अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै किन हिँड्नुहुन्छ ?

काठमाडौं । नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष प्रचण्डले ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् ।

राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको बताएका हुन् ।

‌ओलीकाे बाटो पतनको बाटो त्यो आफूहरुका लागी स्वीकार्य नभएकाे उनकाे भनाइ थियाे । उनले भने, ‘तपाईंको विरोध गरेको मात्र हैन हामीभित्र पनि तपाईंको रोग सर्छ कि भनेर हामीमा संक्रमण सर्नुअघि तपाईंलाई मेजर अप्रेसन गर्नुपरेको हो ।’

खुलेआम भ्रष्टाचार भयो भनेर विरोध गर्दा न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेकोले आफूहरूले विरोध गरेको प्रचण्डको दाबी छ । अख्तियार र अदालतमा मुद्दा परेका मानिसलाई सफाइ दिँदै तपाईं किन हिँड्दै हुनुहुन्छ?,’ उनले प्रश्न गरे।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend