
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार आफूले जनता हसाउँदा प्रचण्डलाई पीर परेको अभिव्यक्ति दिएपछि जवाफमा प्रचण्डले प्रतिनिधि सभा विघटनपछि देश स्तब्ध भएका बेला हाँस्न नसकेको बताएका हुन् ।
प्रतिनिधि सभा विघटन गरेपछि सिंगो देश स्तब्ध रहेको यस्तो बेला हाँस्न नसकिने उनको भनाइ छ ।
आइतबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रचण्डले भने, ‘मैले मिडियामा हेरेँ- हाम्रो प्रधानमन्त्रीजीले भन्नुभए, मैले हँसाएर किन पीर परेको होला? त्यो मलाई नै भनेको हो उहाँले । उहाँले हँसाएकोमा मलाई किन पीर परेको होला भनेर प्रश्न गर्नु भएको रहेछ । मलाई किन पीर परेको भने, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ ।’
‘बा-आमा मरेपछि परिवारमा चिन्ता हुन्छ यस्ताे बेलामा हामी हाँस्न सक्दैनौँ’ उनले भने, ‘जतिबेला जनता गणतन्त्रको उत्सव मनाइरहेका थिए त्यसबेला तपाईं रूँदै हिड्नुभयो ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend