बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

संसद विघटनविरुद्धका रिटमाथि बहस सुरु

संसद विघटनविरुद्धका रिटमाथि बहस सुरु

काठमाडौं।  प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सर्वोच्च अदालतमा सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् ।

हिजो ९आइतबार० अधिवक्ता डा। भीमार्जुन आचार्य, अधिवक्ता सन्तोष भण्डारीका, अधिवक्ता सुनिलकुमार पोखरेल, अधिवक्ता गिरिराज भट्टले बहस गरेका थिए। 

गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो । 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend