शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

जुम्लामा दैनिक ९ घण्टासम्म लाेडसेडिङ (तालिकासहित)

जुम्लामा दैनिक ९ घण्टासम्म लाेडसेडिङ (तालिकासहित)

काठमाडाैं । जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरणा केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ । समूह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने छ ।

यस्तै, समूह ख मा ठूलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

अब हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र दिउँसाे ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुने सूचनामा जनाइएकाे छ । हरेक साता समूह परिवर्तन हुने केन्द्रले जनाएको छ ।

jumla 1.jpg

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend