शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

नेपाल प्रवेश गर्‍यो नयाँ प्रजातिको कोरोना, बेलायतबाट आएका तीन जना संक्रमित

नेपाल प्रवेश गर्‍यो नयाँ प्रजातिको कोरोना, बेलायतबाट आएका तीन जना संक्रमित

काठमाडौं।  केहि दिनअघि बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकाल्दै उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

२८ वर्षीया महिला, ६७ वर्षीया पुरूष र ३२ वर्षीय पुरूषमा उक्त प्रजातिको कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

उनीहरुमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आइसकेको र एक जनामा पोजेटिभ भए पनि लक्षण भने नदेखिएको विज्ञप्तिमा जनाइएको छ । 

bigyapti.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend