शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

जनताको भाषामा लेखिएको पहिलो संविधानमाथि प्रहार भएको छः प्रचण्ड 

जनताको भाषामा लेखिएको पहिलो संविधानमाथि प्रहार भएको छः प्रचण्ड 

काठमाडौं माघ ५ । नेकपाका अध्यक्ष प्रचण्डले  जनताको भाषामा लेखिएको पहिलो संविधान माथि केपी ओलीले प्रहार गरेको बताएका छन् । अखिल नेपाल महिला संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा ब्यक्त गरेका हुन् । 

उनले भने, ‘जनताको भाषामा लेखिएको पहिलो संविधानको मूल मर्म माथी प्रहार भएको छ ।’  साथै उनले यो अवस्थामा आफुहरु मजाक गर्ने मुडमा नरहेको धारणा पनि ब्यक्त गरेका छन् । उनले भने, ‘हामी गम्भीर छौं, हामी चिन्तीत छौं हामी मजाक गर्ने मुडमा छैनौ । ’

उनले भने, ‘अहिलेसम्मको कुनै संविधानले जनतालाई सार्वभौम भनेको थिएन’, ‘राजाहरुले सार्वभौमिकताको सम्पूर्ण अधिकार लिने गरेका थिए र उनीहरुले हामीसंग भएको सार्वभौम अधिकार प्रयोग गरेर संविधान घोषणा गरिबक्सेका छौं भन्ने भाषा प्रयोग गर्थे ।’ 

कार्यक्रममा प्रचण्डले केपी आलीलाई भेँडाको संज्ञा दिएका थिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend