शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि आर्सनलको सहज जित 

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि आर्सनलको सहज जित 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् भने बुकायो साकाले एक गोलको योगदान गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा औबामियाङले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

यो जितसँगै आर्सनलले १९ खेलमा २७ अंक जोड्दै लिगको दशौँ स्थानमा उक्लिएको छ ।  आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend