२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

१ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए । उनले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५–२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताए ।

उनले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताए । उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए । उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए । उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए । उनले उर्जाको प्रयोग नबढाइ नहुने बताए । नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट