बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

हिमालय एयरलाइन्सको एच९-९६१ विमान परीक्षण उडानका लागि ल्हासातर्फ प्रस्थान, आजै काठमाडौं फर्किने

हिमालय एयरलाइन्सको एच९-९६१ विमान परीक्षण उडानका लागि ल्हासातर्फ प्रस्थान, आजै काठमाडौं फर्किने

काठमाडौं। हिमालय एयरलाइन्स परीक्षण उडानका लागि मंगलबार ल्हासातर्फ प्रस्थान गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा नियमित उडान शुरु गर्ने हिमालय कम्पनीले जनाएको छ ।

मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको बताएको छ ।

परीक्षण उडान एच ९ ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१७ बजे ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे अवतरण भएको कम्पनीले जनाएको छ ।

परीक्षण उडानका लागि ल्हासा पुगेको हिमालय एअरलाइन्स मंगलबार दिउासो काठमाडौं फर्किने छ । एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालकदलको नेतृत्व गरेका छन् । 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend