logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • रोल्पामा महिलामाथि गोली प्रहार

    रोल्पामा महिलामाथि गोली प्रहार

    6.8K
    Shares

    रोल्पा । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा–९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेतिर  जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।

    जंगलदेखि बाख्रा चराएर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
    टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।

    पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिण ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिण मार्न भनेर आफू बसेको र झिसमिसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिण ठानेर आफूले गोली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए ।

    गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend