बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

ओरिजिनल एमाले म हो: माधव नेपाल 

ओरिजिनल एमाले म हो: माधव नेपाल 

काठमाडौँ। प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले आफु नै ओरिजिनल एमाले भएको दावी गरेका छन्। आफूनिकट पत्रकारहरुको भेलालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नभएर आफु नै ओरिजिनल एमाले भएको दावी गरेका हुन्। 

आफुले १५ वर्ष नेकपा एमालेको नेतृत्व गरेको तर पछि मात्र नेतृत्वमा आएका केपी ओलीले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि पार्टीनै भत्काउने काम गरेकोले आफु नै मूल एमाले भएको उनको दावी थियो। 

नेपालले ओली गणतन्त्र विरोधी भएको र तात्कालिन एमालेको बैठकमा गणतन्त्र आउन नसक्ने भन्दै फरक मत राख्ने गरेको बताए। प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनको भनाइ थियो। 

अध्यक्ष नेपालले ओली सरकारले प्रेसको घाँटी निमोठ्ने काम गरेको आरोप लगाए। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend