शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

ओलीको भाषामा राजाको गन्ध आएको छ: प्रचण्ड

ओलीको भाषामा राजाको गन्ध आएको छ: प्रचण्ड

काठमाडौँ। प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको भाषामा राजाको गन्ध आएको आभास भएको बताएका छन्। आफूनिकट पत्रकारहरुको भेलालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

प्रचण्डले केपी ओलीको प्रतिनिधिसभा विघटनको भाषामा राजाको गन्ध ह्वास्‍सै आएको बताए। 

केपी ओलीले प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै विघटन गरेर  देशलाई दुर्घटनातिर लैजाने दुश्कर्म गरेकाले यसलाई रोक्न जस्तो सुकै मूल्य चुकाउन तयार रहेको प्रचण्डले बताए। 

देशलाई अराजकताको भूमरीमा  लैजाने ओलीको प्रयासलाई सफल हुन नदिने उनको भनाइ थियो।  

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend