बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

छिमेकी मुलुकलाई ‘कोभिसिल्ड’’अनुदान दिँदै भारत, यो हप्ता भित्रै नेपाल आइपुग्ने

छिमेकी मुलुकलाई ‘कोभिसिल्ड’’अनुदान दिँदै भारत, यो हप्ता भित्रै नेपाल आइपुग्ने

काठमाडौं । भारतले कोरोना विरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ एक हप्ता भित्र नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताए ।

भारतले आजदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । 

गएको शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया एसआईआईले उत्पादन गरिरहेको कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय भएकोे थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । खोप आए लगत्तै अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend