शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

सुरक्षाका नाममा गृहमन्त्री र सचिवको तजबिजमा डेढ करोड खर्च, उपचारमा बाँडियो १३ करोड

सुरक्षाका नाममा गृहमन्त्री र सचिवको तजबिजमा डेढ करोड खर्च, उपचारमा बाँडियो १३ करोड

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेले शान्ति सुरक्षाका नाममा गुप्तचर परिचालन र आसेपासेलाई पोस्न एक वर्षमै राज्यकोषको करिव डेढ करोड रकम खर्चेका छन् । गृहमन्त्री रामबहादुर थापाले ७२ लाख र सचिव न्यौपानेले ७३ लाख ९ हजार रुपैयाँ खर्चेका हुन् ।  
मन्त्रिपरिषदको २०५० जेठ १३ को निर्णयअनुसार शान्ति सुरक्षाका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था छ । तर त्यो एक पटक भनेको दैनिक, साप्ताहिक, मासिक वा वार्षिकरुपमा कतिपटक खर्च गर्न सक्ने भन्ने किटान गरिएको छैन । महालेखा परीक्षकको प्रतिवेदनअनुसार गृहसचिवले वर्षका ३ सय ६५ दिन नै आफ्नो कोटा २० हजारभन्दा बढी रकम खर्चेको देखिएको छ । उनले साप्ताहिक र अन्य सार्वजनिक बिदामा पनि दैनिक रुपमा रकम खर्चेको देखिन्छ । 
त्यसैगरी गृहमन्त्रालयले औषधोपचार र संस्थागत अनुदानका नाममा निकटकालाई एक वर्षमा १३ करोड ४ लाख ९५ हजार रुपैयाँ वितरण गरेको छ । एक वर्षमा १ सय ७४ जनालाई ५० हजारदेखि ३० लाख रुपैयाँसम्म रकम वितरण गरिएको हो । 
नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिको दफा १२.१ (ग) मा सामाजिक र राष्ट्रिय जीवनमा योगदान पु-याएका व्यक्तिका लागि ७ लाखसम्म आर्थिक सहायता गर्न सकिनेमा सीमा नघाई एकै व्यक्तिलाई मनपरी रुपमा ३० लाखसम्म रकम बाडिएको हो । त्यसरी रकम दिँदा निवेदन, चिकित्सकको प्रेस्किप्सन र उपचार सहयता समितिको सिफारिस जस्ता कागजात पनि संलग्न नगरेको महालेखाले औल्याएको छ ।  

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend