
काठमाडौं। प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफुलाई जेल कोच्ने योजना बनाएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेपालले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष नेपालले ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन अनेक षड्यन्त्र गरेको आरोप लगाए। ललिता निवास प्रकरणमा आफुलाई जोडेर राजनीतिक जीवन नै सिध्याउने गरि षड्यन्त्र गरेको उनको भनाइ थियो।
अध्यक्ष नेपालले आफुलाई मात्र नभई ओलीले प्रचण्डलाई समेत जेल कोच्ने योजना बुनेको बताए।
ओली बदलाको भावनाले चल्ने मान्छे रहेको र कसैले चुनौती दिएको ओलीलाई मन नपर्ने जिकिर गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend