काठमाडाैं । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार ६० देशमा पुगेको नयाँ प्रकारको संक्रामक भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको छ ।
संगठनका अनुुसार विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गइरहेकाे छ ।
गएको एक सातामा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend