शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

भारतले नेपाललाई दिने कोरोना भाइरसविरुद्धको खोप भोलि काठमाडौं आउने

भारतले नेपाललाई दिने कोरोना भाइरसविरुद्धको खोप भोलि काठमाडौं आउने

काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । 

बुधबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएका हुन् । 

उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले जनाए । 

खोप विहीबार काठमाडौं आइपुग्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। 

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको ‘काेभिसिल्ड’ खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ । भारत वायोटेकको अर्को भ्याक्सिन भारतमा नै बनेको हो । 

नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको ‘काेभिसिल्ड’ भ्याक्सिन नेपालमा पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend