शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

लेस्टर सिटीसँग २–० ले चेल्सी पराजित

लेस्टर सिटीसँग २–० ले चेल्सी पराजित

काठमाडौं। घरेलु मैदानमा चेल्सीमाथि २–० को सहज जित निकाल्दै लेस्टरले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको हो ।

लेस्टरको जितमा विलफ्रेड एनडिडि र जेम्स म्याडिसनले गोल गरे । जितसँगै शीर्षस्थानमा उक्लिएको लेस्टरको १९ खेलबाट ३८ अंक पुगेको छ । एक खेल कम खेलको युनाइटेडको ३७ तथा दुई खेल कम खेलेको सिटीको ३५ अंक छ । पराजित चेल्सी २९ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थानको लेस्टरसँग ९ अंकले पछि परिसकेको छ । एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend