logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • शरीर रङ्ग्याउन सिपालु अनिश

    शरीर रङ्ग्याउन सिपालु अनिश

    6K
    Shares

    काठमाडौं । सन् २०१९ मा हलिउड एक्टर, डिरेक्टर जोन फ्याब्रोले ‘द लायन किङ’ नामक म्युजिकल ड्रामा मुभी निर्देशन गरेका थिए । सिम्बाको कथा बोकेको यो चलचित्रमा मित्रता, प्रेम र आशाको गहिरो सम्बन्धलाई देखाइएको छ । त्यस चलचित्रमा देखाइएको एक पेन्टिङको दृश्यले अनिश तामाङमा पनि शरीर रङ्ग्याउने रहर जगाइदियो । उनले पहिलो पटक आफनै शरीरलाई क्यानभासको रुपमा प्रयोग गरे । उनले पहिलो पटक १० घण्टा लगाएर आफ्नो शरीर पेन्ट गरेका थिए । त्यही बेला उनलाई आफू सिर्जनात्मक कलाको दुनियाँमा  कताकता छिरिसकेको महसुुुस हुन्छ । उनलाई रङ र कुचीमा रमाउँदो रहेछु भन्ने थाहा भयो । 

    art 1.jpg
    भनिन्छ– सपना यस्तो चिज हो, जसको प्राप्तिका लागि लामो बाटो तय गनुपर्ने हुन्छ । त्यहि बाटो तय गर्दै उनी यतिखेर ‘बडी पेन्ट’ र मेकअपमा रमाइरहेका छन् । सामान्यत मानिसले ‘पेन्टिङ’ भनेर बुझेपनि उनले गर्ने पेन्टिङ एक डब्बा रङ र एउटा कुचीमा मात्र सीमित छैन । रङको व्यापक अर्थ कलासमेत भएको उनी बताउँछन् । उनी आफूलाई नेपालकै पहिलो बडी पेन्टरको रुपमा चिनाउन सफल भइसकेका छन् । उनले रुचीले मेकअप आर्ट सुरु गरेका भने हैनन् । पहिले ‘फ्लाइट अटेन्डेन्ट’ बन्न चाहन्थे । जुन सपना पुरा हुन नसके पनि अझै कोशिस जारी राखेका छन् । 
    अहिले ‘बडी पेन्ट आर्ट’का विविधतामा काम गरिरहेका छन् । बडी पेन्टमा छोटो समयमै उनले आफूलाई लगभग स्थापित गरिसकेका छन् । यही विधा अन्तर्गत अहिले धेरै काम भइरहेको उनले बताए ।
    बडी पेन्टलाई बुझ्ने उनको आफ्नै परिभाषा छ । उनी भन्छन्, ‘आँखाले हेरेर पनि बडी पेन्ट आर्टका लागि धेरै कला सिक्न सकिन्छ । त्यसैले यो कलालाई रङ र कुचीमा मात्र कुज्याउँदा कलामाथि नै अन्याय हुन्छ ।’
    उनले कुनै प्रशिक्षण नलिइकन आफ्नै मेहनतमा बडी पेन्ट सिकेका हुन् । उनलाई आफू कलाकार बन्छु भन्ने थिएन् । अहिले उनले यसलाई करिअर बनाएर अघि बढिरहेका छन् । फ्लाइट अटेन्डेन्ट बन्ने सपना देखेका उनको पढाई भने होटल म्यानेजमेन्ट हो । सन् २०१८ बाट मेकअप आर्ट सुरु गरेका उनले त्यसको एक वर्षपछि बडी मेकअप पनि थाले । 
    अहिले उनको कलाको व्यापक चर्चा हुने गरेको छ । उनले नेपालका दर्जनौ चर्चित सेलिब्रिटीको शरीरलाई क्यान्भासको रुपमा प्रयोग गरि आफ्ना सिर्जनाको प्रदर्शनी गरिसकेका छन् । रङ र कुचीसँग खेल्दै जाँदा उनले यसको व्यापकता पनि बुझ्दै गए । प्रतिकात्मक आर्ट बनाउन रुचि राख्ने अनिश आफ्नो श्रृजनामा जन्मभूमिको माटोको सुगन्ध पाउने गरेको बताउँछन् । उनको श्रृजनामा नेपालको प्रकृति, संस्कृति, सभ्यता, चिनारी, माया, प्रेम र नेपालीको मौलिकता सहजै महसुस गर्न सकिन्छ । 
    यो विधामा छिटै सफलता पाउनुको सुत्रलाई उनी छोटोमा अभिव्यक्त गर्छन्, ‘इच्छाशक्ति भएको मान्छेका लागि असम्भव भन्ने कुरा केही हुँदैन । सफल बन्नका लागि सबैभन्दा ठूलो कुरा समर्पण र समय व्यवस्थापन गर्न सक्नु पर्छ । बस यत्ति हो ।’
    त्यसो त झट्ट हेर्दा ‘मेकअप आर्टिस्ट’ सजिलो पेशाजस्तो देखिए पनि चुनौती भने धेरै हुने उनी बताउछँन् । बडी पेन्ट गर्न ८ देखि १० घण्टा सम्म लाग्ने गर्छ । उनी भन्छन्, ‘काम त कामै हो, चुनौतिपूर्ण नै हुन्छ, त्यसमा आफ्नो भावना पनि जोडिएका हुन्छन् । ती सबैलाई सम्बोधन गनुपर्र्छ ।’   
    अलग काम थालेर सफलता पाउनु ठूलो कुरा हो । उनले आफूले काम गरेको क्षेत्रमा गहिरो लगाव, साधना र समय व्यवस्थापनलाई गम्भीरतापूर्वक पालना गर्दै आएका छन् । कौशल भयो भने एउटै मान्छेले इच्छ्याएको क्षेत्रमा पहिचान बनाउन सक्छ भन्ने उदाहरण बनेका छन् अनिश । त्यही लगनशीलताले मेकअप आर्टिस्ट र बडि पेन्टरका रुपमा आफूलाई फरक पहिचानका साथ स्थापित गराउन सफल छन् उनी । आफूमा भएको क्षमतालाई अलग ढंगले पस्किँदै समान र सरल रेखामा सँगसँगै दौडाउन माहिर अनिशको चिनारी र सफलताबाट नलोभिने मानिस कमै होलान् ।

    तस्बिरहरु : अनिशले आफ्नै शरीरलाई क्यानभास बनाएर गरेको गरेको बडी पेन्ट र मेकअप आर्ट । तस्बिर सौजन्य: अनिश तामाङ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend