बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

सर्वोच्च अदालत बाहिरको कुराले न्याय प्रभावित हुँदैन: न्यायाधीश

सर्वोच्च अदालत बाहिरको कुराले न्याय प्रभावित हुँदैन: न्यायाधीश

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाले सर्वोच्च अदालत बाहिरको कुराले न्याय प्रभावित नहुने बताएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ चलिरहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने ठोकुवा गर्दै अभिव्यक्ति दिएर अदालतलाई प्रभावित गर्न खोजेको भन्दै रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रश्न उठाएपछि न्यायाधीश सिन्हाले यस्तो बताएका हुन्। 

अधिवक्ता न्यौपानेले  इजलासमा विचाराधीन मुद्दाको सुनुवाइ चलिरहँदा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन राजनीतिक विषय भएको र अदालतले पुनर्स्थापना गर्न नमिल्ने भन्दै हिंड्नुले जनमानसमा राम्रो संदेश नजाने बताएका थिए। 

त्यसपछि न्यायाधीश सिन्हाले अधिवक्ता न्यौपानेलाई बीचमै रोकेर दुवै पक्षबाट त्यस्ता तर्क प्रस्तुत भएको र बाहिर हुने त्यस्ता कुराहरुबाट आफुहरु प्रभावित नहुने बताए। 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend