
काठमाडाैं । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३१० मध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् । बुधबार थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ ।
हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप ६जनाको मृत्युसहित मृत्यु हुनेको सङ्ख्या १ हजार ९७५ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend