शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड

प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर युनाइटेडका लागि  एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलमा ४० अंक जोडेको छ । खेलको पाचौँ मिनेटमा फुलह्यामका लागि लुकम्यानलले गोल गरेपनि टिमलाई जित दिलाउन भने सकेनन् । फुलहम १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा भने एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो । म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend