शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

सर्लाहीमा बस दुर्घटना, दुई यात्रुको मृत्यु, १७ घाइते

सर्लाहीमा बस दुर्घटना, दुई यात्रुको मृत्यु, १७ घाइते

सर्लाही । सर्लाही हरिवन-४ मा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको बस बिहान ४ बजे दुर्घटना भएको हो । बस अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका -५ की करिब ३६ वर्षिया राजकुमारी चौधरी र २३ वर्षिया निर्मला चौधरी रहेकी छिन् । 

गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ  ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend