
काठमाडौं । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा सपथ लिएका जो बाइडेनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सफल कार्यकालको शुभकामना दिएका छन् । बाइडेनले बुधबार राति सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई दिएका हुन् ।
I extend warm congratulations to @JoeBiden on his assumption of office as the 46th President of the USA. I wish him a successful tenure of office. I look forward to working closely with him in further strengthening traditionally warm and friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) January 20, 2021
ओलीले दिएको शुभकामना तथा बधाई सन्देशमा दुई देशबीच पारम्पारिक रूपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको उल्लेख छ ।
बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् । उनले बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेखसमेत गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend