शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

काठमाडौं आइपुग्यो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं आइपुग्यो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं।  भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ।  एयर इन्डियाको विमानमार्फत  १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं ल्याइएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अहिले केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ। 

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो। 

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आएकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend