
काठमाडौं। अर्थमन्त्री तथा केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुने कुनै सम्भावना नभएको बताएका छन्।
राष्ट्रिय सभा गृहमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
प्रतिनिधि सभाको बहुमत सदस्यको समर्थन भएको प्रधानमन्त्रीले विघटन गरेकोले यो पुनर्स्थापना हुने सम्भावना नरहेको उनको तर्क थियो।
पौडेलले सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएकोले प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचन तोकेको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend