शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अर्थमन्त्री विष्णु पौडेलले बैशाखको चुनाव मंसिरमा सारेपछि …….

अर्थमन्त्री विष्णु पौडेलले बैशाखको चुनाव मंसिरमा सारेपछि …….

काठमाडौं– राष्ट्रिय सभा हलमा बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका पत्रकारहरुको भेला थियो । भेलामा बोल्ने क्रममा अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले बैशाख १७ र २७ का लागि आफ्नै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट तय चुनावको मितिलाई मंसिर भनेपछि भेलामा एकछिन होहल्ला मच्चियो । 

अर्थमन्त्री पौडेलले तोकिएकै मितिमा चुनाव गराउन निर्वाचन आयोग, शान्ति सुरक्षा प्रदान गर्न सुरक्षा निकाय र बजेटको व्यवस्था गर्न आफू तयार रहेको उल्लेख गर्दै भने, ‘त्यसैले तोकिएकै मितिमा मंसिर १७ र २७ मा …..।’ त्यसपछि उनी रोकिए । अनि सच्याउँदै थपे, ‘बैशाखमा ।’ त्यतिन्जेल मन्च र दर्शक दीर्घामा बसेकाबीच कानेखुसी चल्यो । मन्त्री पौडेलले आफ्नो मन्तब्यलाई निरन्तरता दिए । 

भेलाको सभापतित्व गरिरहेका प्रेस संगठनका सह–संयोजक गणेश बस्नेतले कागजको चिर्कटोमा केही लेखे र पोडियममा भाषण गरिरहेका अर्थमन्त्री पौडेललाई लगेर दिए । त्यसपछिको आफ्नो मन्तब्यका क्रममा पौडेलले ४-५ पटक सम्म तोकिएकै मिति बैशाख १७ र २७ मा चुनाव हुने भनेर सच्याइरहे । यससँगै विष्णु पौडेल साँच्चै चिप्लिएका हुन् वा सरकारको सोंच र तयारी उनको मुखबाट फुत्किएको हो ? भन्ने प्रश्न उठेको छ ।    

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल खेमामा रहेका नेकपाका स्थायी समिति सदस्य तथा पूर्व परराष्ट्रमन्त्री योगेश भट्टराईलाई हालैको एक अन्तर्वार्ताका क्रममा सुनौलो नेपालले सोधेको थियो, ‘के बैशाखमा चुनाव होला ?’ उनको भनाइ थियो, ‘सम्भव देखिँदैन । प्रधानमन्त्री आफैले पनि आफू निकटसँग बैशाखमा त चुनाव हुँदैन भनेर भनिसक्नु भएको छ । आफूले भने जस्तो भयो भने मंसिरतिर चुनाव गर्ने उहाँको सोंच होला ।’

यतिखेर प्रधानमन्त्री ओलीको निकटमा रहेकामध्ये एक हुन पौडेल । भट्टराईले इङ्गित गरेझै परिवेश आफूअनुकूल हुँदै गए मंसिरमा चुनाव गर्ने भन्ने प्रधानमन्त्रीको सोंच पौडेलको अभिव्यक्तिबाट फुत्किएको हो वा उनले बाह्य मत बुझ्ने उद्देश्यले सोंच-विचार गरेरै मंसिर भनेका हुन् ? किनकि, निर्वाचन पूर्वप्रमुख आयुक्त, आयुक्तहरुले पनि विधि र प्रविधि दुवै कारणले बैशाखमा चुनाव नहुने बताइरहेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend