
संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमा आगलागी भएको छ। कोरोनाभाइरस विरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।
बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले बनाएको हो। आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ। एजेन्सी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend