
काठमाडाैं । विहीबार देशभर थप तीन सय ३६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३० पिसिआर परीक्षण गर्दा तीन सय ३६ जनामा पोजेटिभ देखिएको हो ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार छ सय ४६ पुगेको छ ।
नेपालमा विहीबार थप २ सय २६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ६२ हजार आठ सय ६८ पुगेको छ ।
हाल तीन हजार सात सय ९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । विहीबार थप चार जनाको मृत्यु भएकाे छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९ सय ७९ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend