शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

सरकारले वाचा पुरा नगरेपछि उखु किसान पुनः आन्दोलनमा 

सरकारले वाचा पुरा नगरेपछि उखु किसान पुनः आन्दोलनमा 

जनकपुरधाम माघ ८ । सरकारले  २१ दिनभित्र बाँकी सम्पूर्ण वक्यौताको भुक्तानी गर्ने वाचा पुरा नगरेपछि उखु किसानले पुन आन्दोलन गर्ने घोषणा गरेका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै उखु किसान संर्घष समिति सर्लाहीले आन्दोलनको कार्यक्रम गर्ने बताएको हो ।

यसअघि उखु किसान र नेपाल सरकारबीच गत पुस १३ मा सहमति भएर आन्दोलन सकिएको थियो । सहमति अनुसार सरकारले २१ दिनभित्र अर्थात माघ ५ सम्ममा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रतिबद्दता जनएको थियो ।

तर २४ दिन बितिसक्दा पनि भुक्तानि नपाएपछि उखु किसान संघर्ष समितिले दास्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  

सो कार्यक्रम अन्तर्गत  माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ । 

यसका साथै तेस्रो चरणको आन्दोलनकोसमेत घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend