काठमाडौं। काठमाडौंको टोखामा टिपरको ठक्करबाट एक किशोरको ज्यान गएको छ । टोखा नगरपालिका ३ मा बा ४ ख ३१०७ नम्बरको टिपरले ठक्कर दिँदा बागमती प्रदेश ०२–०२२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार १७ वर्षीय सञ्जीव महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंको गोङ्गबु घर भएका महर्जनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते महर्जनलाई उपचारको लागि तत्कालै शिक्षण अस्पताल पुर्याइएको थियो ।
दुर्घटनापछि टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend